२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

आईजीपी नियुक्ती विवादबारे आज पूर्ण ​सुनुवाइ

आईजीपी नियुक्ती विवादबारे आज पूर्ण ​सुनुवाइ

जनसेवा न्युज डटकम संवाददाता

नेपाल प्रहरीको आईजीपी नियुक्ती विवादबारे मंगलबार पूर्ण सुनुवाई हुँदैछ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

पोखरेलको रिटमा प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण ​सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । न्यायाधीश माथेमाको इजलासले पोखरेलले माग गरे अनुसार अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।

सर्वोच्च अदालतले धीरज प्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com