२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

राष्ट्रियसभामा सांसद झाको निधनको शोक प्रस्ताव पारित

राष्ट्रियसभामा सांसद झाको निधनको शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले सांसद डा डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरेको थियो ।

विक्रम संवत् २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक जेठ १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com