२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

रातोपाटी संवाददाता

नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको बताए ।

‘किसानसँग सरकार भन्ने कुरालाई कार्यगत रुपमा लाग्न सक्यौ भने किसानलाई बलियो बनाउन सक्छौँ । किसानका छोराछोरीको पढ्ने ग्यारेन्टी र किसान विरामी भएमा ग्यारेन्टी हुन सके किसान बलियो हुन्छ ।’ कार्कीले भने, किसानलाई सबलीकरण नभएसम्म नेपालमाथि जान सक्दैन । अगाडिको बजेटभन्दा कमसेकम यस पटक अलिकति भएपनि किसानहरुलाई महत्व दिएको छ । त्यसलाई स्वीकार गर्दछु ।’

शिक्षामा धेरै बजेट विनियोजन भएको कार्कीले बताए । झापा जिल्लामै विज्ञान भन्दा अस्था र विश्वास, धर्ममा भर पर्ने गरेको बताए । यस्तो सोचको विकास भएमा समाज अघि बढ्न नसक्ने ठोकुवा गरे ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com