२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

एजेन्सी

साविकका विजेता नोभाक जोकोभिचलाई ६–२ ,४–६,६–२,७–६ (७–४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५ औँ पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् ।

कीर्तिमानी २१औँ पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् । जर्मनीनका एलेक्जेन्डरले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कार्लोस अल्काराजलाई हराएका थिए ।

नाडालसँगको हारपछि जोकोभिचको २१औँ ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यले समेत पूर्णता पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् । ​नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदलासमेत लिएका छन् । नाडालले फ्रेन्च ओपनमा आफ्नो दबाब कायम राख्ने क्रममा कुल एक सय १३ खेलमा एक सय १० खेल जितेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com