२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

भलभर्डेको इन्जुरी टाइम गोलमा रियल मड्रिड विजयी

काठमाडौं । फेडरिको भलभर्डेले इन्जुरी टाइममा गरेको गोलमा रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिको विल्वाओलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा भलभर्डेले इन्जुरी टाइमको तेस्रो मिनेटमा हाफ भलीमार्फत गोल गरेका थिए ।

यस सिजन लिगमा उनको यो छैटौं गोल हो भने डिसेम्बरपछि पहिलो गोल हो ।

त्यसअघि भिनिसियस जुनियरे ११औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

 

अलाभेज विरुद्धको खेलमा रातो कार्ड पाएका रियलका फरवार्ड केलिएन एमबाप्पे एक खेलको निलम्बनका लागि विल्वाओ विरुद्ध मैदान उत्रन पाएनन् ।

जितपछि रियलले ३२ खेलबाट ६९ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ । समान खेलबाट बार्सिलोनाको ७३ अंक छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com