२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

२८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल भएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विजेताहरुलाई संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरू प्रदान गरेका थिए । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com