२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

काठमाडौंका मेयर-उपमेयर र मन्त्री झाँक्रीबीच भेट, बन्चरेडाँडामा फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौंका मेयर-उपमेयर र मन्त्री झाँक्रीबीच भेट, बन्चरेडाँडामा फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीबीच भेटघाट भएको छ ।
भेटघाट काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधानको छलफलमा केन्द्रित रहेको बताइएको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा मेयर-उपमेयरले मन्त्री झाँक्रीसँग कुराकानी गरेका छन् ।

बिहीबार मन्त्रालयमा मेयर साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरे । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताइन् ।

नवनिर्वाचित मेयर उपमेयरलाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत आश्वस्त पारिन् ।

मेयर साहले बन्चरेडाँडामा तत्काल फोहोर विसर्जनका लागि स्थानीयबासीलाई सहमत गराउने विषयमा पनि सहजीकरणका लागि आग्रह गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com