२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

चीनमा शक्तिशाली भूकम्प, ४ को मृत्यु

चीनमा शक्तिशाली भूकम्प, ४ को मृत्यु

एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६।१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ ।

यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ ।

अन्य ३८ जना सामान्य घाइते भएका छन् भने तत्काल कुनै खतरा छैन। भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् ।

उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा ३०.४ डिग्री उत्तर अक्षांश र १०२.९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com