२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

जनताको जीवनस्तर परिवर्तन गर्न हुने गरी काम गर्न शेरचनको आग्रह

जनताको जीवनस्तर परिवर्तन गर्न हुने गरी काम गर्न शेरचनको आग्रह

जनसेवा न्युज डटकम संवाददाता

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न आग्रह गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्नु पर्ने बताएका छन्।

लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुमा बोल्दै प्रदेश प्रमुख शेरचनले संविधानले स्थानीय सरकार, प्रदेश, सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्तित्वको भावनालाई अगाडि बढाएको बताए। उनले संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नु सबै तहमा जनप्रतिनिधिहरूको दायित्व भएको बताए। उनले सङ्घ, प्रदेश, स्थानीय तहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि अनुरोध गरे ।

सोही अवसरमा मुख्यमन्त्री कुलप्रसाद के।सी।ले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई समन्वय गरी लुम्बिनी प्रदेश बासी जनताको जीवनस्तरलाई परिवर्तन गर्नका लागि अनुरोध गरे । लुम्बिनी प्रदेश सरकार समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनीु बनाउनका लागि परेको बताए। जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीय तह नै भएकाले जनताको सुख, दुःखमा साथ दिनका लागि दिनु पर्ने बताए । उनले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा काम गनूँ पर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले समाज उन्मुख अर्थव्यवस्था निर्माण गर्नका सबैले ध्यान दिँदै जनताको अर्थतन्त्र निर्माणका लागि सबै जनप्रतिनिधि एक हुनु पर्ने बताए।

अन्तरक्रियामा सङ्घीयता विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा सङ्घीयतालाई बलियो बनाउने तिर लाग्नुपर्ने बताए।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com