२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नियमविपरीत सञ्चालन रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन

नियमविपरीत सञ्चालन रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन

अत्तरिया । जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । आज प्रशासनले एक सूचना जारी गर्दै कानुन विपरीत दर्ता नभएका, नवीकरण नभएका र सञ्चालन अनुमति नलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

केही क्रसर उद्योग विभिन्न आयोजना निर्माणका लागि राखिएका तर आयोजना सकिँदा पनि सञ्चालनमा रहेको हुँदा त्यस्ता उद्योग तत्काल बन्द गर्नुपर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन कार्य भइरहेको र अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योग पनि बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ ।

सूचनामा कानुनी मान्यता प्राप्त उद्योगहरूले पनि सम्पूर्ण कागजात अनुगमका क्रममा पेश गर्नपर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

कैलाली प्रजिअ थापाको नेतृत्वमा शनिबार जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन तथा निरीक्षण गरिएको थियो । क्रसर उद्योगले नवीकरणलगायत मापदण्ड पालना नगरिएको भेटिएको थियो । कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबार तीन क्रसर, बालुवा उद्योगको अनुगमन गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको शिवशक्ति प्रशोधन केन्द्रले बालुवाका लागि मात्र अनुमति लिएको छ । सो केन्द्रले गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको थियो । धनगढी उपमहानगरपालिका–११ मा कालिका कन्स्ट्रक्सनले ढुङ्गा, बालुवा सङ्कलन गरिएको भेटिएको थियो । वन र खोला नजिकै नदीजन्य पदार्थ सङ्कलन गरेर राखेको सो कम्पनिसँग अनुमतिपत्र थिएन ।

धनगढी–११ मै रहेको उच्चकोटी आरएमसी इञ्जिनीयरिङसँग पनि नदीजन्य पदार्थ सङ्कलन, ढुवानी गर्ने कागजपत्र थिएन । गृहमन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न प्रशासनलाई परिपत्र गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com