२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेस गर्ने तयारी

काठमाडौं । अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीको नेतृत्त्वमा रहेको ‘हाम्रो नेपाल, हाम्रो अभियान’ राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिसिने भएको छ ।

राप्रपाको मंगलबार बसेको पदाधिकारी बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाही नेतृत्त्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राप्रपामा आउन लागेको जानकारी दिए ।

उनका अनुसार आगामी फागुन ६ गते औपचारिक रुपमा शाही राप्रपा प्रवेश गर्ने भएका छन् । तर, हाललाई यस विषय सार्वजनिक नगरिएको उनले बताए ।

समान विचार भएका दलसँग पार्टी एकता गर्न गठित महामन्त्री धवलशमशेर राणा नेतृत्त्वको वार्ता समितिले बैठकमा शाही नेतृत्वको समूह राप्रपामा आउने जानकारी दिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com