२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं : पूर्वप्रधानमन्त्री झलनाथ खनाल

हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं : पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताएका छन् ।

शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गरेका हुन् ।

उनले आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरुको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया समेत दिएका छन् । फरक प्रसंगमा सम्मानित नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताए ।

उनले भने, ‘बामपन्थीहरुबीच एकता हुनुचाँही बस्तुगत आवश्यक्ता हो । तर यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनु हुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यक्ता भएपनि त्यो सम्भावना चाँही निकै कमजोर छ । हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं । किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं ।’

उनले थपे, ‘त्यो असन्तुष्टि हामीले पाँचदलभित्र पनि राखेका छौं । हामी आफैं पनि समीक्षा गर्दैछौं । अव हामी ठ्याक्कै यो समिक्षाको बीचमा छौं । समिक्षा गरिसकेपछि अव के के निस्कन्छ, त्यस आधारमा हामी तपाईहरुसँग फेरी कुरा गर्दछौं ।’

सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मेजर दलका नेताहरुका कारण सो सम्भावना निकै कमजोर हुने पुगेको तर्क समेत गरे ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com