२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

समर्थकले रोनाल्डोलाई दिए प्लेयर अफ दी सिजन अवार्ड, खेलाडीको रोजाई भने गोलरक्षक डे जिया

समर्थकले रोनाल्डोलाई दिए प्लेयर अफ दी सिजन अवार्ड, खेलाडीको रोजाई भने गोलरक्षक डे जिया

लन्डन । समर्थकले क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडको प्लेयर अफ दी सिजन अवार्ड दिएका छन्
उक्त अवार्डका लागि समर्थकले भोटिङ गरेका थिए।

सर म्याट बस्बी प्लेयर अफ दी इयरका रूपमा प्रदान गरिने उक्त अवार्डको विजेता म्यानचेस्टर युनाइटेडका समर्थकले भोटिङ गर्छन्।

खेलाडीले भने गोलरक्षक डेभिड डे जियालाई क्लबको प्लेयर अफ दी इयर छनोट गरेका छन्।

यसै सिजनको सुरुवातमा मात्र रोनाल्डो म्यान युनाइटेड फर्किएका थिए। यो सिजन उनले सबै प्रतियोगितामा गरी क्लबका लागि २४ गोल गरे।

प्रिमियर लिगमा मात्र १८ गोल गरेका थिए। घरेलु लिगको सर्वाधिक गोलकर्ताका रूपमा उनी लिभरपुलका मोहम्मद सलाह र टोट्टनहामका सन हिउङ मिनभन्दा मात्र पछाडि रहेका थिए।

यो सिजन म्यान युनाइटेडका विर्सनलायक रहेको थियो।

घरेलु लिगमा शीर्ष चारभित्र अटाउन नसकेपछि युरोपियन च्याम्पियन्स लिगमा समेत छनोट हुन सकेन।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com