२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

गठबन्धनमा इमान्दारिता भएन : अध्यक्ष डा भट्टराई

गठबन्धनमा इमान्दारिता भएन : अध्यक्ष डा भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् ।

जिल्लाको चुनावी समीक्षा गर्न आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताए ।

ञविकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण होञ, उनले भने, ञजुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन ।ञ डा भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए ।

गठबन्धनका दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचरण विपरीतको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाए । उनले नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पारे ।

“प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले भने, “त्यो नभएसम्म अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलको प्रष्ट बहुमत आउन नसक्ने हुँदा गठबन्धन गर्नु वा चुनावी तालमेल गर्नु आवश्यक छ ।”

उनले पटक्कै विचार नमिल्ने शक्तिबीच गठबन्धन भनेर अघि बढ्दा गतिहिनता र अस्तव्यस्तता आएकाले अब पुनः विचार गर्नुपर्ने बेला आएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com