२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सहिद तथा द्वन्द्व पीडित परिवार : छात्रवृत्ति पाउन के-के कागजात चाहिन्छ ?

काठमाडौँ– विश्वविद्यालय अनुदान आयोगले सहिद तथा द्वन्द्व पीडित परिवारका उच्च शिक्षा अध्ययन गर्ने सन्तानलाई छात्रवृत्ति दिने भएको छ ।

जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा मृत्यु भएका सहिद, द्वन्द्व आश्रितका छोराछोरी, द्वन्द्वका कारण अपांग भइ शारीरिक रुपले अशक्त र वेपत्ता परिवारका छोराछोरीलाई छात्रवृत्ति दिने भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा छात्रवृत्ति दिने कार्यक्रम भएकाले विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति निर्देशिका २०७६ बमोजिम स्नातक तह प्रथम वर्ष र सेमेष्‍ट प्रणालीमा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउने भएको हो ।

इच्छुक विद्यार्थीले आयोगको वेभसाइटमा राखिएको निर्देशिकाको अनुसूची १ अनुसारको ढाँचामा निवेदन फारम भरी आवश्यक कागजातसहित असार १४ गतेसम्म पेश गरिसक्नुपर्ने छ ।

त्यस्तै आयोगले आवश्यक कागजात अध्ययन गर्दा केही अस्पष्ट भएमा जानकारीसहित आवश्यक कागजात असार ३० गते ५ बजेसम्म पठाउनुपर्ने छ ।

विद्यार्थीले केके पेश गर्नुपर्छ :

– छात्रवृत्ति पाउने विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

– वि. स २०५२ फागुन १ गतेदेखि मिति २०६३ मङ्सिर ५ गतेसम्मका सहिद तथा द्वन्द्व पीडित भएका नेपाल सरकारले वा सरकारको निकायले प्रमाणित गरेको प्रमाणपत्र ।

– सहिद परिवारका लागि नेपाल सरकारले सहिद घोषणा गरेको प्रमाणपत्र

–  सहिद, मृत्यु, वेपत्ता, अपाङ्ग भएबापत जिल्ला प्रशासन कार्यालयबाट राहत तथा क्षतिपुर्ति प्राप्त गरेको प्रमाणपत्र

– अपांग, अङ्गभङ्ग आश्रित परिवारको हकमा द्वन्द्वको क्रममा न्यूनतम पचास प्रतिशत अपाङ्ग वा अङ्गभङ्ग भएको प्रमाणपत्र

– सरकारी सेवामा बहाल नरहेको र राज्यकोषबाट तलब सुविधा प्राप्‍त गर्ने व्यक्तिको छोराछोरी नभएको प्रमाण

– सम्बन्धित उच्च शिक्षामा भर्ना भएको प्रमाण

– अभिभावकसँगको नाता प्रमाणित

– १०+२ पास गरेको सर्टिफिकेट वा ट्रान्सकिप्ट

-विद्यार्थीको डिजिटल खाता विवरण

-अध्ययनरत शिक्षण संस्थाको सिफारिश पत्र

–  छात्रवृत्ति प्राप्‍त गर्न तोकिएको अन्तिम मितिसम्म ३० वर्ष ननाघेको हुनुपर्छ

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com