२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौँ- पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले​ रौनियारलाई ठगी मुद्दामा पक्राउ गरेकाे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।​ उनी शुक्रबार​ नयाँबानेश्वरबाट पक्राउ परेका हुन् ।​

रौनियारलाई बाँके पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेमा रौनियारविरुद्ध ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।​ रौनियार काठमाडौँमा बस्ने भएकाले पक्राउ गरिदिन बाँकेका एसपी सन्तोष सिंह​ राठौरले अनुरोध गरेकाे प्रवक्ता कडायतले बताए ।

उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पूरा नगरेको भन्दै विवादमा तानिएका थिए ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com