२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

महोत्तरीको पररियामा दुई समूदायबीच झडप, डेढ दर्जन घाइते

महोत्तरीको पररियामा दुई समूदायबीच झडप, डेढ दर्जन घाइते

अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–८ पररियामा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपमा प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।

बिहीबार हिन्दू सम्राट सेना नामक एक संस्थाले निकालेको शोभायात्राको ुहिन्दू राष्ट्र कायम गरु भन्ने नारा लगाउँदा मुस्लिम समुदायका व्यक्तिहरूले पत्थरबाजी गरेपछि झडप भएको थियो ।

सो झडपका क्रममा ७र८ जना प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवले जानकारी दिएका छन् ।

उनका अनुसार बिहान करिब १० बजेतिर कलश यात्रा भन्दै र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरूले हिन्दू राष्ट्र कायम गर नारा लगाउँदै पररिया बजारमा पुग्दा मुस्लिम समुदायबाट पत्थरबाजी हुँदा दुवै पक्षबीच झडप भएको थियो । अवस्था तनावग्रस्त भएपछि प्रहरी १५ राउण्ड आश्रुग्यास र ३२ राउण्ड हवाई फायर समेत गरेको प्रवक्ता यादवले जनाएका छन् ।

शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश समेत जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको छ । आदेशको बर्खिलाप भएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नम्बर–१ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com