२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

३५ लाख लुटमा प्रहरीकै समूह, मालिगाउँ वृत्तका हवल्दार पक्राउ

३५ लाख लुटमा प्रहरीकै समूह, मालिगाउँ वृत्तका हवल्दार पक्राउ

जनसेवा न्युज संवाददाता

काठमाडौंको लैनचौरबाट ३५ लाख लुटपाट भएको घटनामा प्रहरीकै समूह संलग्न देखिएको छ । जेठ ८ मा लैनचौरस्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीलाई लुटेका थिए ।

सो लुटमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत मालिगाउँका हवल्दार शालिकराम नेपालीलाई पक्राउ गरेको छ । हवल्दार नेपालीलाई प्रहरी वृत सोह्रखुट्टेमा थुनामा राखिएको छ । लुटमा संलग्न अर्का एकजना पनि पक्राउ परेका छन् । लुटपाट भएको समयमा हवल्दार नेपाली ब्याडमिन्टन कोर्टमा गएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लुटमा प्रहरी संलग्न भएको तथ्य औपचारिक रुपमा पुष्टि गरेको छैन् ।

परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले सो घटनाबारे अनुसन्धान भइरहेको बताए । तर, प्रहरी पक्राउ बारे उनले बताउन चाहेनन् । लुटपाटमा नेपाल प्रहरी संगित विद्यालय र मानव बेचविखन ब्यूरोमा कार्यरत एकजना प्रहरीको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई बताए ।​

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com