२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पृथ्वी जयन्तीमा राप्रपाले देशैभर कार्यक्रम गर्ने, पुस २७ मा बिदा दिन माग

पृथ्वी जयन्तीमा राप्रपाले देशैभर कार्यक्रम गर्ने, पुस २७ मा बिदा दिन माग

जनसेवा न्युज डटकम संवाददाता

राप्रपाले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने भएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पृथ्वी जयन्तीमा काठमाडौंसहित देशैभर कार्यक्रम गरिने बताए।

अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज पृथ्वी जयन्ती मनाउन गठित तयारी समिति बैठक बसेको पनि बसेको थियो।

बैठकले देशका ७७ जिल्लामै विविध कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।

नेपाली पहिचान दिने पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ।

उक्त दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाले माग गर्दै आएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com