२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

मौसम सफा नभई आन्तरिक उडान अनुमति नदिइने निर्णय परिवर्तन भएको छैन : क्यान

काठमाडौं । विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जेठ १६ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र पुग्ने स्थानबीचको उडान मार्ग ९इनरुट० को मौसम अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको थियो।

तारा एयरको विमान मौसम खराबीले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकाल्दै प्राधिकरणले उडानमा कडाइ गरेको थियो।

केही सञ्चार माध्यममा इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णयबाट प्राधिकरण पछि हटेको भन्ने सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नरहेको जनाउँदै प्राधिकरणले जेठ १७ गतेदेखि गरिएको कडाइ कायमै रहेको जनाएको छ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com