२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा फिल्म ‘बगान’ बन्ने

 

काठमाडौं । वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा फिल्म ‘बगान’ निर्माण हुने भएको छ । वरिष्ठ अभिनेता खनालको निर्देशनमा बन्न लागेको पहिलो फिल्मको नाम आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

साथै आज नै फिल्मको ‘तिम्रो सुन्दर आँखा’ नामक गीत पनि सार्वजनिक भएको छ । अहिले छायाङ्कन भइरहेको फिल्मलाई सुरेश वाग्लेको सहकार्यमा खनाल आफैँले निर्माण गरेका हुन् ।

कार्यक्रममा बोल्दै माइती नेपालकी संस्थापक अध्यक्ष एवं समाजसेवी अनुराधा कोइरालाले बालिका र महिला हकहितको बारेमा फिल्म बन्न लागेको अनुभूति भएको बताइन् । उनले फिल्ममा वरिष्ठ कलाकाहरु रहेकोले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताइन् ।

त्यस्तै अभिनेता, निर्देशक तथा निर्माता दिनेश डीसी दाहालले फिल्मको टिजरमा वास्तविक हुनुपर्ने कुरालाई देखाइएको बताए । उनले नेपाली फिल्महरुले टिजरमा अब के हुन्छ ? भन्ने कौतुहलता नउतारेको बेला यो फिल्मले उतारेको भन्दै प्रशंसा गरे ।

त्यस्तै नायक आकाश श्रेष्ठले फिल्मको कथावस्तु उत्कृष्ट रहेको बताए । त्यस्तै नव नायिका प्रमिला कार्कीले यो फिल्म आफ्नो डेब्यू भएको र वरिष्ठ कलाकारहरुसँग अभिनय गर्न पाएकोमा खुशी व्यक्त गरिन् । त्यस्तै फिल्मका नवनिर्देशक एवं वरिष्ठ अभिनेता सरोज खनालले शुरुवातमा अभिनय गर्दा नर्भस भएजति नै फिल्म निर्देशनमा पाइला चाल्दा भइरहेको बताए ।

उनले आफूले फिल्ममा काम गर्दा सिकेका अनुभवलाई फिल्ममा नयाँ ढंगबाट निर्देशन गर्ने बताए । फिल्ममा करिश्मा मानन्धर, निर शाह र प्रमिला कार्कीको मुख्य अभिनय रहनेछ । फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।

गौरीशंकर धुजूको छायाङ्कन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पाश्र्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com