२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

काबुलबाट एक महिनामा दुई हजारजना पक्राउ

 

एजेन्सी -अफगानिस्तानको राजधानी काबुलमा गत एक महिनामा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार जनालाई पक्राउ गरेको राज्य सञ्चालित बख्तर समाचार संस्थाले सोमबार जनाएको छ । आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै उक्त संस्थाले जनाएअनुसार यो अवधिमा अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्ने सम्मका ८५९ मुद्दा दर्ता भएका र करिब दुई हजार जना पक्राउ परेका थिए ।
अफगानिस्तानमा गत अगस्त १५ मा तालिवान समूहले सत्ता कब्जा गरेपछि तालिवान समूहको नेतृत्वमा सरकार चल्दै आएको छ । तालिवान समूहले सरकार विरोधी गतिविधिमा सम्लग्न विपक्षी समूहका नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पक्राउ गर्ने र अनावश्यक तनाव दिने गरेको विपक्षी समूहहरूको दावी रहँदै आएको छ ।

अफगानिस्तानमा अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै यो अवधिमा विभिन्न आपराधिक समूहहरू सक्रिय हुने गरेको सरकारी अधिकारीहरूको भनाई रहने गरेको छ ।

प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा सम्लग्न व्यक्ति र समूह रहेको जनाएको छ । उनीहरू विरूद्ध अनुसन्धान भइरहेको बताइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com