२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

२४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि, देशभर १०९ जना सक्रिय संक्रमित

२४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि, देशभर १०९ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएर घर फर्किएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अुनसार हाल १०९ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com