२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

नयाँ बानेश्वरमा युवा संघको प्रदर्शन स् ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’

 

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिदैँ राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजी सहित चर्को आलोचना गरिएको छ । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले यदि राज्यको सुरक्षाको लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताए ।

उनले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरुलाई पोस्ने काम गरेको बताए । उनले भने, ‘राज्यको सुरक्षा गर्ने दायित्व सरकारको हो भने त्यसमा लगानी गर्ने, खर्च गर्ने बजेट पनि सरकारले जुटाउनुपर्छ । जनताको गोजीबाट लिएर लुटेको पैसाले इम्बोस्ड प्लेट हाल्ने र राज्य सुरक्षाको नाममा दोहन गरेर माफियाहरुलाई पोस्ने काम यो सरकारले गरिरहेको छ । यो इम्बोस्ड प्लेट लागु गर्ने नाममा बाहिर देखाइएको छ राष्ट्रिय सुरक्षाको हितको विषय, यातायात व्यवस्थापनको विषय तर त्यहाँ भित्र केही माफियाहरु, यसको योजना बाहिरबाट बनेको होइन ।’

उनले थपे, ‘शेरबहादुर देउवाको निवास बूढानीलकण्ठबाट र प्रधानमन्त्री निवास बालुवाटार बाटै बनेको योजना हो यो । त्यो योजना अनुसार सेटिङका आधारमा अहिले एक महिनाभित्र सबै जनतालाई इम्बोस्ड प्लेट राख्न अनिवार्य गरिएको छ ।’

इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लुकेको भन्दै युवा संघ अध्यक्ष पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि लिखित उजुरी दिइने बताए । विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइदैनँ, महंगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको व्यानर समेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com