२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नेपालले आज जोर्डनविरुद्ध खेल्दै

नेपालले आज जोर्डनविरुद्ध खेल्दै

काठमाडौँ । एएफसी एसियन कपको तेस्रो चरण छनोट अन्तर्गत नेपालले आज राति जोर्डनको सामना गर्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र जोर्डनबीचको खेल कुवेतको जाबेर अल-अहमद स्टेडियममा नेपाली समय अनुसार राति १ बजेबाट सुरु हुनेछ ।

मंगलबार आयोजित प्रि(म्याच कन्फ्रेन्सका क्रममा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालका लागि जोर्डनविरुद्धको खेल महत्वपूर्ण हुने बताएका थिए ।

‘जोर्डनविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण हुने छ । खेलमा उत्कृष्ट नतिजा ल्याउने प्रयास हुनेछ । जोर्डनलाई हामी रोक्ने प्रयास गर्नेछौ,’ अलमुताइरीले भने ।

नेपाली टोली मुख्य ११ खेलाडी विनानै कुवेत पुगेको हो । तर उनले छनोटमा नेपाललाई दबाब नरहेको समेत उल्लेख गरे । ‘नेपाललाई कुनै दबाब छैन । हामीलाई दबाबविना खेल्न सजिलो हुनेछ । तर हामी केही गर्न चाहन्छौ,’ अलमुताइरीले थपेका थिए ।

प्रशिक्षक अलमुताइरीले जोर्डनसँगको खेलपछि मात्र कुवेत र इन्डोनेसियाका बारेमा सोच्ने समेत बताए ।

यस समूहमा कुवेतसँगै नेपाल, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालले दोस्रो खेल घरेलु टोली कुवेतविरुद्ध जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com