२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

महिला युरो २०२२ः स्पेन र जर्मनीको जीत

महिला युरो २०२२ः स्पेन र जर्मनीको जीत

काठमाडौं । आठ पटकको महिला युरो च्याम्पियन जर्मनीले डेनमार्कलाई ४-० गोलले पराजित गरेको छ ।

शुक्रबार राति ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा १० खेलाडीमा सीमित डेनमार्कविरुद्ध जीत निकाल्न लिना मागुल, लेया स्कुलर, लिना लाट्विन, एलेक्सजेन्ड्रा पोपले गोल गरे ।

खेलको २१औं मिनेटमा लिनाको गोलमा जर्मनीले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा एकमात्रै गोलको अग्रता बनाएको जर्मनका लागि ५७औं मिनेटमा लेयाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

लेनाले ७८औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता फराकिलो पारेकी थिइन् । सब्सिट्युट खेलाडी एलेक्सजेन्डरले ८६औं मिनेटमा गोल गर्दै जर्मनीको जीत ४–० ले सुनिश्चित गरिन् ।

शुक्रबार राति नै भएको समूह ‘बी’को अर्को खेलमा स्पेनले फिनल्यान्डलाई ४–१ गोलले हराएको छ ।

स्टेडियम एमकेमा भएको खेलमा स्पेनको जीतमा आइरेन पारेदेस, आइताना बोनमाती, लुसिया गर्सिया, मारिओना कालडेन्टीले गोल गरे ।
फिनल्यान्डका लागि लिन्दा सालस्ट्रोमले सान्त्वना गोल गरिन् ।

जीतसँगै जर्मनी तीन अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान तीन अंक भएको स्पेन गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

आज समूह ‘सी’ का खेलहरु हुँदैछन् । समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्दैछन् । दोस्रो खेलमा नेदरल्यान्ड्स र स्वीडेन आमनेसामने हुनेछन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com