नेपाल ‘ए’ र क्यानाडा-११ बीचको सिरिज भोलि आइतबारबाट

काठमाडौँ- नेपाल ‘ए’ र क्यानाडा-११ बीचको तीन खेलको एकदिवसीय सिरिज आइतबारबाट सुरु हुँदैछ ।
नेपाल ‘ए’ र क्यानाडा-११ बीचको सिरिज मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
तीनमध्ये पहिलो खेल आइतबार हुने तालिका रहेको छ । दोस्रो खेल भने फेब्रुअरी २० तथा सिरिजको अन्तिम खेल फेब्रुअरी २२ मा हुने तय भएको छ ।
सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।