२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन् : प्रचण्ड

नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुंगिएको बताएका छन् । अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना(प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

‘नेपालमा ठुल्ठूला परिवर्तनका निम्ति जनस्तरबाट आन्दोलन भए, क्रान्ति भए । ती विज्ञानमा आधारित भएकै कारण केही सफलता पाएका हुन्,’ उनले भने, ‘तर, सम्पूर्णरूपमा क्रान्ति सापेक्षिक रूपमा हुनसकेका छैनन् । प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन् ।’

क्रान्ति र परिवर्तनहरू सम्पन्न गर्दा धनीले नभई गरिब वर्गले गरेको अध्यक्ष प्रचण्डले बताए ।

उनले भने, ‘क्रान्ति र परिवर्तन सम्पन्न गर्दा धनी र सम्पत्तिशालीले गरेका छैनन् । धेरै सम्पत्ति भएका करोडपति–अरबपतिहरूले त क्रान्ति गरेका छैनन् । ती श्रमजिवी, मध्यम वर्ग या सम्पत्तिहीनको विद्रोहबाट भएका छन् ।’

तर, यस्ता विद्रोह धेरै कारणले कम्प्रमाइजमा टुंगिनुपर्ने स्थिति बनेको उनले बताए ।

‘कम्प्रमाइज गर्दा सम्पत्तीशाली वर्ग जसको अनुभव, जसको पुँजीको तागत, जसको सत्ताको ताकत र त्यसलाई सञ्चालन गर्ने अनुभवसँग कम्प्रमाइज गरेर आएको शक्तिको वा विज्ञानलाई प्रयोग गर्ने शक्तिको संघर्ष हुने र उनै हाबी हुने देखियो,’ उनले भने ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com