२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

सञ्चार मन्त्रालयको बजेटमा गोकुलको व्यंग्य- दारु शिविरलाई बजेट खै ?

सञ्चार मन्त्रालयको बजेटमा गोकुलको व्यंग्य- दारु शिविरलाई बजेट खै ?

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘सञ्चार शिविर’ को सट्टा ‘दारु शिविर’ गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभामा सञ्चार मन्त्रालयको विनियोजनमाथि खर्च कटौती प्रस्ताव पेस गर्दै उनले सञ्चार शिविरका नाममा राखिएको बजेट अनावश्यक भएको बताएका हुन् ।

‘सञ्चार मन्त्रालयको घुम्ती शिविर राखिएको छ । त्यसलाई बजेट छुट्याइएको छ । बरु दारु शिविर राखेको भएपनि हुन्थ्यो । स्वास्थ्यको शिविर भएपनि हुन्थ्यो’, उनले भने ।

अर्थमन्त्रालयले बजेटमा ल्याएको प्रस्तावलाई सञ्चार मन्त्रालयले नै ‘कोल्याप्स’ गरेको भन्दै बाँस्कोटाले सञ्चारमन्त्रालयको बजेटमा चरम दुरुपयोगको सम्भावना रहेको बताए ।

‘बजेट वक्तव्यमा भनियो कि यो वर्ष कुनैपनि सरकारी निकायमा नयाँ सवारी साधन खरीद गरिने छैन । तर, सञ्चार मन्त्रालयले आफ्नो विनियोजनको सुरूमै ४ वटा मोटरसाइकल र ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ । यस्तो देखियो कि अर्थमन्त्री झूठ हो की सञ्चारमन्त्री झूठ हो’, उनले भने ।

सञ्चार मन्त्रालयले आवश्यकता अनुसार खर्च गर्ने शीर्षकमा ५ करोड छुट्याइएको भन्दै बाँस्कोटाले नीति तथा कार्यक्रममार्फत नै ‘दुरुपयोग’ संस्थागत गरिएको बताए । सञ्चार मन्त्रालयको बजेट विनियोजन सञ्चार मन्त्रीले नबनाएको दाबी गर्दै बाँस्कोटाले विनियोजनका प्रत्येक बुँदामा झूठको पुलिन्दा रहेको बताए ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com