२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मधेसको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्न अध्यक्ष उपेन्द्र यादवको माग

मधेसको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्न अध्यक्ष उपेन्द्र यादवको माग

जनसेवा न्युज डटकम संवाददाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न माग गरेका छन् । बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले वर्तमान संसदीय निर्वाचन क्षेत्र अनुसार मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ५३ प्रतिशत वृद्धि भएकोले निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न माग गरेका हुन् ।

अध्यक्ष यादवले भने, विगत भन्दा अहिले ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि निर्वाचन क्षेत्र हुनुपर्छ, हामी भनिरहेका छौँ, निर्वाचन क्षेत्रलाई पूनः रिभ्यु गर्नका लागि । पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ ।’

अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटीपुर्ण रहेको समेत बताए । उनले समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटीपुर्ण रहेको र गलत प्रणाली तथा लामो प्रक्रियाका कारण निर्वाचन अत्याधिक खर्चिलो रहेको बताए ।

उनले विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र त्यसमा जातिवाद, पावर केहीको गुनजाइस नरहेको भन्दै नेपाल जस्तो गरिब मुलुकमा विकृतिमुलक र महगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठ्ने खतरा बढ्दै जाने बताए ।

त्यस्तै उनले वर्तमान पाँच दलीय गठबन्धनबाट नै प्रदेश र संघीय निर्वाचनमा जाने भएकाले गठबन्धन कायमै रहने अध्यक्ष यादवले बताए ।

उनले गठबन्धनमा कहिले काँही कुनै दललाई घाटा पनि सहनुपरेकाले पाँच दलीय गठबन्धन बन्ने बित्तिकै लोकतन्त्रमा रहेको संकट हट्दै गएको, लोकतन्त्रलाई संस्थागत गर्न सफल भएको दावी समेत गरे ।

उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समिक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताए । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए । उनले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् ।

उनले चुनाव अघि नागरिकता विधेयक पारित गरि सजहरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com