२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित

अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित

जनसेवा न्युज डटकम संवाददाता

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई २५ रनले हराएको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रन बनायो ।

मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यस बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । बलिङतर्फ नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान गरिन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् ।

बलिङतर्फ मलेसियाका लागि नुर सामेदले दुई विकेट लिइन् । त्यस्तै इल्सा होन्टेरले एक विकेट हात पारिन् ।

जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । नेपालले ५ खेलमा ६ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । थाइल्याण्ड र युएईबीच आज हुने खेलले विश्वकपमा पुग्ने टोलीको तय हुनेछ ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com