२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पूँजी बजारको हक, हितलाई लिएर सदा प्रयत्नशिल रहदै आएको छु : अध्यक्ष पोखरेल

पूँजी बजारको हक, हितलाई लिएर सदा प्रयत्नशिल रहदै आएको छु : अध्यक्ष पोखरेल

राधा पोखरेल

आज भन्दा चार बर्ष अगाडि सेयर बजारको नेतृत्व निर्वाह गर्ने क्रममा म सँग धेरै तिता मिठा अनुभवहरु गासिएका छन् । जन्मिदै सबै कुरा सिकेर जन्मिन नसक्ने हुनाले अहोरात्र खटिदै आज यस अबस्थामा आइपुगेको छु ।

पक्कै पनि कम्बल ओडेर घिउ खान पल्किएका अजासु (अति जाने सुन्ने) बिच आफुलाई स्थापित गराउनु भनेको फलामको च्युरा चपाउनु जत्तिकै रहेछ । तर पनि निरन्तर प्रयासका बाबजुद लगानीकर्ताको हरेक समस्यालाई उचित ठाउमा पुर्याउन सफल हुदै आएको छु ।

यसै बिचमा एक महिला भएका कारण आफ्नै संघठनमा आबद्ध भएका मित्रहरुको कु – दृष्टि र बजारमा स्थापित अग्रज भनिएका बाट हिंसा हुन नखोजिएका भनें हैन । ब्यक्तिगत स्वार्थ पुरा नहदा अझैं पनि कैयन सेयर बजार सँग सम्बन्धित ठुला कहलिएका ग्रुप र मिडिया हरुमा हाम्रो कामको कुनै कुरा पोष्ट गरिदैन र लेखिदैन पनि । त्यसैले प्रतिबाद गर्दै आज सेयर बजारको समस्यालाई विना स्वार्थ संघमा रहेर निरन्तर साथ सहयोग गर्ने मित्रहरुका कारण आज हामि सेयर बजारका समस्या राष्ट्रिय समस्याका रुपमा हरेक ठाउँमा पुर्याउन सफल भएका छौं । यस्का लागि ल्एी संघका साथिहरु लगाएत सम्पूर्ण लगानीकर्ता मित्रहरु, ब्रोकर साथिहरु र मिडियाकर्मी मित्रहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

सेयर बजारको बिकास र साना लगानीकर्ताको हितमा सदैव काम गरिरहने सशक्त संगठन निर्माण गरी पूँजी बजारको हक, हितलाई लिएर सदा प्रयत्नशिल रहदै आएको छु । यसको अलावा सातै प्रदेश र सतहत्तर जिल्लामा कार्यक्रम लिएर अगाडि बढ्ने योजना अनुरुप प्रादेशिक स्तरमा रहेका लगानीकर्तालाई साक्षरता प्रदान गर्दै धेरै भन्दा धेरै लगानीकर्तालाई पूँजी बजारमा भित्र्याउँने अबधारणालाई अगाडि बढाउँदै आएका छु ।

चार बर्षको अन्तरालमा मैले पुँजीबजारमा प्रतक्ष्य रुपमा श्रम, समय र पुँजी र जिवन आहुती गरेको छु। यसर्थ ब्यक्तिगत रूपमा म आक्रोस र आलोचना अख़्तियार गर्ने बिचारसँग सहमत छु । निश्चय नै मान्छे एउटा ब्यक्ति पनि हो र सामाजिक प्राणी पनि । मान्छेहरूको समूह समाज हो भने समाजको एउटा अंश व्यक्ति । तसर्थ मान्छेको भूमिका ब्यक्ति र समाजको रूपमा दोहोरो हुन्छ । व्यक्ति हुनाको नाताले उसको नितान्त निजी जीवन हुन्छ र हुनुपर्छ ।

पूँजीबजारमा भएका व्याप्त समस्या र बेथितिविरुद्ध सम्बन्धित विभिन्न निकायका ढोकाहरु ढक्ढक्याउदा नियामक निकायले वेवास्ता गरेपछि गत आइतबार सेयर बजारको समस्याको पोको बोकेर नेपाल पुजीबजार लगानीकर्ता संघ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगेको थिएउ । प्रधानमन्त्रीलाई ४ बुँदे ज्ञापनपत्र बुझाएपछि तत्कालै प्रधानमन्त्री देउवा ज्यूले समस्या समाधान गर्न राष्ट्र बैंकका गभर्नर ज्यूलाई निर्देशन दिनु भयो । र, यस विचमा सेयर बजारका समस्याका बिषयमा केपी शर्मा वली ज्यू लगाएत सरोकार वाला व्यक्तिहरु माझ लगानीकर्ताका समस्या जग जाहेर गराउँन प्रयासरत रहेँ । तत् पश्चात हिजो राष्ट्रबैंक र नेपाल पुँजीबजार लगानीकर्ता संघको छलफल पश्चात अर्थमन्त्रालयमा बजारका समस्या समाधान गर्नका लागी सुझाव समिति गठन गरिएको छ ।

सरकार र धितो पत्र बोर्डले आफ्ना मातहतमा रहेका निकायलाई काम गर्न दबाब सिर्जना गरिदिने हो र कडा निर्देशन गरिदिने हो भने हाम्रो बजार पनि आधुनिक, प्रबिधि मैत्री, अन्तराष्ट्रिय स्तरको र सबै नेपालीको पहुँचमा पुग्न सक्ने थियो । सरकार र नियामक निकायहरुले वेला वेलामा गलत निर्णय र गलत अभिब्यक्तिका कारण लगानीकर्तामा अन्यौलता सिर्जना भई सेयर बजार बारम्बार बारम्बार कोमामा पुगेको कुरा सर्बबिधितै छ । आम लगानीकर्ताहरुको भावनामा गम्भीर असर पर्दै पुँजीबजारप्रति निरुत्साहित बनाएको पाइन्छ । बजार बिस्तारको कामहरु कार्यान्वयनमा देखिएको कमजोरी र रणनीतिक कामहरु अबरुद्ध हुँदा, नियमनकारी निकायको उदासिनताले पुँजी बजारमा वेला वेलामा गंभीर समस्या ल्याउँदै लगानीकर्ताको बिचमा चरम निराशाको अबस्था उत्पन्न हुँने गरेको छ । ५० लाख भन्दा बढी लगानीकर्ताहरुको सम्पत्तीको सुरक्षामा गंभिर चुनौतिहरु देखा पर्ने गर्दछन् ।

अन्तमा, आर्थिक विकासको लागि पूँजी बजारको बिकास अपरिहार्य छ । यो बजार अझैं बामे सर्दै गरेको अवस्थामा रहेको हुँदा यस्को बिकास र बिस्तारमा सरकार, नियामक निकाय, लगानीकर्ताहरुले शीर निहुरिने गरी एकआपसमा दन्तबजान गरेर बस्नुभन्दा गम्भिर भएर ध्यान दिन जरुरी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com