२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नेपाल–बंगलादेशबीच निकट भविष्यमा २० वटा वस्तुहरुमा व्यापार सम्झौता

नेपाल–बंगलादेशबीच निकट भविष्यमा २० वटा वस्तुहरुमा व्यापार सम्झौता

बंगलादेशका राजदूत सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविष्यमा २० वटा वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् । विहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् ।
२–३ महिनाभित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने उनले बताए । २० वटा वस्तुहरु के के हुन् त्यसबारेमा भने राजदूत चौधरीले खुलाएनन् । व्यापार र पर्यटन प्रवर्धनका विषयमा गहन भएर छलफल गरिने बताइएको छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीले नेपाल, भारत र बंगलादेशबीच व्यापार र पर्यटन प्रबर्धनका लागि सहकार्य गरेर अघि बढिने बताएका छन् ।

मेचीनगर नगरपालिका र बंगलादेशबीच भगेनी सम्बन्ध कायम गर्न स्थानीय सरकारको तर्फबाट नगरप्रमुख र उपप्रमुखले राजदूत चौधरीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल बंगलादेश फ्रेण्डसिप सोसाईटीका अध्यक्ष डा।खालिद हुसेन, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, मेची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन निरौला, व्यवसायी बन्दना मेचे लगायतको उपस्थिती रहेको थियो ।

नेपाल बंगलादेश च्याम्बर अफ टेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन टे«डर्सका अध्यक्ष योगेश राजबंशीले गरेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com