२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी सहित ६ दलले गरे देशभर एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । एमसीसीको विरोधमा देशभर प्रदर्शन भएको छ । विप्लव नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी सहित ६ दलका कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । यस्तै काठमाडौंमा उक्त पार्टीको नेतृत्वमा आयोजित संयुक्त र्यालि माईतिघर मण्डलाबाट नयाँबानेश्वर संसद भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियोे ।

प्रदर्शनकारिहरु सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्डहरु बोकेका छन् । प्रदर्शनकारिहरुले देशका प्रमुख शहरहरुमा प्रदर्शन गरेका छन् । पोखरा,दाङ,रुपन्देही,चितवन लगायतका ठाउँहरुमा विरोधमा उत्रिएका हुन् ।

काठमाडौंमा भने प्रदर्शनकारीहरुलाई प्रहरीले एभरेष्ट होटल निर रोकेको थियोे तर प्रदर्शनकारि घेरा तोडेर अगाडि बढिरहेका थिए घेरा तोडेपछि केहीबेर तनावग्रस्त समेत भएको थियो ।

प्रहरीले बानेश्वरमा उल्लेख्य संख्यामा आफ्ना प्रहरी खटाएको थियो भने प्रदर्शनकारीहरु माथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरेको थियोे । गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो । दर्जनौं घाइते समेत भएका थिए ।

प्रदर्शनको प्रमुख नेतृत्व गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केही बर्षयता एमसिसिको विरुद्धमा काठमाडौं जनसभा,विरोध प्रदर्शन, पटक –पटक नेपाल बन्द समेतका कार्यक्रम गरिरहेको थियोे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com