२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

संसदमा छलफल गरेर एमसीसी पारित गर्नुपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले संसदमा छलफल गरेर एमसीसी पारित गर्नुपर्ने जनाएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई सदनमा छलफल गराएर पारित गर्नुपर्ने जनाएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई पारित गर्नुपर्ने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महत्तले जानकारी दिए । महतले एमसीसीलाई धेरै नलम्ब्याई संसदबाटै टुंग्याउनुपर्ने पनि बताए ।

एमसीसीलाई सदनमा प्रवेश गराएर छलफल गरिए अहिले जनतामा भ्रम र अन्यौल कम हुने उनले बताए । बैठकमा स्थानीय निकायको निर्वाचनमा कांग्रेसलाई शसक्त ढंगले कसरी प्रस्तुत गर्ने भन्ने बिषय र भातृ तथा शुभेच्छुकको अधिवेशनका बिषयपनि छलफल भएको उनले बताए ।

विधानसम्मत सबै संगठनलाई प्रभावकारी बनाउने उनले बताए । प्रवक्ता महत्तले गठबन्धनको विषयमा अहिल्यै निर्णय गर्ने बेला नभएको जिकिर गरे । उनले १६ जिल्लाको अधिवेशन छिटै गर्ने तयारी भएको जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता शंशांक कोइरालाले बैठकमा एमसीसीका बारेमा पूर्व अर्थमन्त्री डा रामशरण महत्तले बिस्तृतमा जानकारी गराए, र यसलाई छिटो पारित गर्नुपर्नेमा सवैको जोड रहेको बताए ।

एमसीसी नेपालको लागि राम्रो भएको र कुनै सैन्य रणनीति नभएको बिषय जनतालाई बुझाउनुपर्ने उनको भनाइ छ । त्यस्तै कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।

उनले अहिले आफ्नो अस्तित्व जोगाउनुपर्ने र कोही अर्को पार्टीसँग नमिली (निर्वाचनमा) जानुपर्ने बताएको जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने नेताहरुले जनाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com