२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

युगान्डा पनि भोकमरीको चपेटामा

युगान्डा पनि भोकमरीको चपेटामा

एजेन्सी । युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ ।

युगान्डामा रहेका राष्ट्रसङ्घीय एजेन्सीहरुले बुधबार सो आह्वान गरेका बताइएको छ । युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो ।

राष्ट्रसङ्घीय एजेन्सीहरुका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो ।

यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए ।

युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले यहाँका बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् ।

यहाँको यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com