२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

डाक्टर पढ्न वैतेश्वर गाउँपालिकाले छात्रवृत्ति दिने

डाक्टर पढ्न वैतेश्वर गाउँपालिकाले छात्रवृत्ति दिने

चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिकाले डाक्टर पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले आर्थिक अभावको कारण नाम निकालेर पनि डाक्टर अध्ययन गर्न नसकेका विद्यार्थीलाई छात्रवृत्ति अनुदान दिने भएको हो ।

गाउँपालिका अध्यक्ष छवि लामाका अनुसार आर्थिक अभावकै कारण एमडीजीपी तहको अध्ययनको लागि समस्या भएमा जेहेन्दार, विपन्न र दलित विद्यार्थीलाई छात्रवृत्ति अनुदान दिने निर्णय भएको छ ।

गाउँपालिकाभित्रका स्थायी बसोवास भएको जेहेन्दार र विपन्न परिवारबाट डाक्टर अध्ययनको लागि नाम निकालेर पनि गरिबीकै कारण पढ्न नसकेको विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको अध्यक्ष लामाले बताए ।

त्यस्तै प्राकृतिक प्रकोप तथा आपतकालीन दुर्घटनामा मृत्यु भएकाहरुको शवलाई बोक्नको लागि गाउँपालिकामा शव बाहनको आवश्यकता रहेकोे भन्दै गाउँपालिका अध्यक्ष लामाले सो सवारीको व्यवस्थापन गर्ने निर्णय समेत गरेको जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com