२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

कैलालीमा काँग्रेस र एमालेलाई धक्का, दर्जानभन्दा बढी नेता रेशमको पार्टीमा प्रवेश

कैलालीमा काँग्रेस र एमालेलाई धक्का, दर्जानभन्दा बढी नेता रेशमको पार्टीमा प्रवेश

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेस र नेकपा एमालेका जिल्लास्तरका दर्जनौं नेता(कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। टीकापुरमा आइतबार आयोजित कार्यक्रममा काँग्रेसका महासमिति सदस्य एवं जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी र महासमिति सदस्य अरुण चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

उनीहरुले आइतबार मात्रै काँग्रसको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए। एमालेका नेता एवं निर्वाचन आयोग सदस्य केवलाल चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई पार्टी प्रवेश गराएकी थिइन् ।

कार्यक्रममा माधव प्रसाद चौधरी, सचिन चौधरी, जंगबहादुर चौधरी, कुकुलाल चौधरी, वीरबहादुर चौधरी, भुश चौधरी, दीपक चौधरी, रामलाल चौधरी, दिलबहादुर चौधरी, नविन चौधरी, लालविर चौधरी, देशराम थारुलगायत नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको नेता महेन्द्र उपाध्यायले बताए ।

महासमिति सदस्यहरु नै पार्टी छाडेपछि कैलालीको दक्षिण पूर्व क्षेत्रमा काँग्रेसलाई धक्का लागेको छ । काँगेस केन्द्रीय नेता रामजनम चौधरीको क्षेत्रमा पार्टी छोड्नेको लहर चलेको छ । स्थानीय तह निर्वाचनमा पनि काँग्रेसका धेरै कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले स्थापन गरेको नागरिक उन्मुक्ति पार्टीमा काँग्रेस, एमाले र माओवादीका कैलालीका नेता कार्यकर्ता प्रवेश गर्ने लहर चलेको छ ।

कैलालीमा ४ पालिका जितेको नागरिक उन्मुक्तिले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर गतिविधि तीव्र पारेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com