२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

रोनाल्डो बिनाको पोर्चुगल पराजित

रोनाल्डो बिनाको पोर्चुगल पराजित

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ ।

घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह ए२ को शीर्षस्थानमा उक्लने मौका गुमायो ।

४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विजरल्यान्ड ३ अंक सहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com