२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

स्पर्सलाई हराउँदै आर्सनललाई फराकिलो अग्रता

स्पर्सलाई हराउँदै आर्सनललाई फराकिलो अग्रता

लण्डन । नर्थ लण्डन डर्बीमा टोटनहम हटस्पर्सलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी भएको हो ।

शनिबार म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको भरपुर फाइदा उठाउँदै आर्सनलले स्पर्सविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । बुकायो साकाको क्रसलाई स्पर्सका गोलकिपर ह्यागो लोरिसले आफ्नै पोस्टमा छिराएपछि आर्सनलले खेलको १४ औँ मिनेटमा नै अग्रता लिएको थियो । खेलको ३६ औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा भने कुनै गोल हुन सकेन । जीतसँगै आर्सनलको सन् २००४ यता पहिलोपटक लिग उपाधि जित्ने सम्भावना बलियो बनेको छ । १८ खेलपछि आर्सनलको ४७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको ३९ अंक रहेको छ । पराजयपछि स्पर्स ३३ अंकसहित लिगको पाँचौँ स्थानमा सीमित रहेको छ ।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com