२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ ।

उहाँहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिनुभएको छ । साथै उहाँहरुका बीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिनुभएको समाचारमा जनाइएको छ ।

त्यसैगरी शक्ति राष्ट्रहरुसँगको इरानको आणविक सम्झौतका बारेमा पनि उहाँहरुका बीचमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com