२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

काबुल । अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ ।

विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । उनीहरूका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ । उनीहरूका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ । विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ । यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com