२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

अबको निर्णायक क्रान्तिका लागि सबै नेता कार्यकर्ता तयार हुन अध्यक्ष प्रचण्डको निर्देशन

अबको निर्णायक क्रान्तिका लागि सबै नेता कार्यकर्ता तयार हुन अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले देखेको सपना अझै बाँकी रहेको बताएका छन् ।

माओवादी केन्द्र बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले देशमा माओवादीको एजेण्डा लागू भए पनि समाजवादी क्रान्ति गर्न अझै बाँकी रहेको बताएका हुन् । उनले अबको क्रान्ति निर्णायक हुने उद्घोग गरे ।

उनले स्थानीय सरकारलाई समाजवादी सत्ताको भ्रुणका रुपमा विकास गर्नुपर्ने बताउँदै स्थानीय तहहरुमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताए ।

उनले माओवादीले जितेका स्थानीय तहहरुबाट विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रीकरण गर्नुपर्ने बताए ।

प्रचण्डले १० वर्षे जनयुद्धको सपना लोकतान्त्रिक गणतन्त्रमात्र नभएकाले पार्टीले क्रान्तिको स्वरुपमात्रै परिवर्तन गरेकाले अबको निर्णायक क्रान्तिका लागि सबै कार्यकर्ता तयार हुनुपर्ने बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com