२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बाग्मतीका मुख्यमन्त्री र अर्थमन्त्रीसँग रुष्ट बन्दै मेयर बालेन्द्रद्वारा अभिमुखीकरण बहिष्कार

बाग्मतीका मुख्यमन्त्री र अर्थमन्त्रीसँग रुष्ट बन्दै मेयर बालेन्द्रद्वारा अभिमुखीकरण बहिष्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हेटौंडामा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमप्रति असन्तुष्टि प्रकट गर्दै काठमाडौं फर्किएका छन् ।

बाग्मती प्रदेशले ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण’ नाममा आयोजना गरेको कार्यक्रम आजसम्म चल्ने भए पनि काठमाडौंका मेयर र उपमेयर हिजै फर्केका हुन् । काठमाडौं फर्केलगत्तै मेयर साहले सामाजिक सञ्जालमै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।

व्यंग्यात्मक स्टाटस लेख्दै उनले भनेका थिए– बाग्मती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो

यस विषयमा आज उनले थप स्पष्टीकरण दिएका छन् । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने कार्यक्रममा बस्नुको औचित्य नदेखेको उनले बताएका छन् । मेयर साहले दिएको प्रस्टीकरण यस्तो छः

मलाई व्यक्तिगत रुपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने रु मेरो प्रश्न यति हो । काठमाडौं केवल राजधानीमात्रै होइन, अझ बाग्मती प्रदेशको लागि त एउटा पालिकामात्रै हो । तर, काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँरकार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ । गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु अथवा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरुमा सुन्नेछु । धन्यवाद ।’

आखिर प्रदेशको अभिमुखीकरणमा काठमाडौं महानगरपालिकालाई कसले र किन गाली गर्‍यो त ? स्रोतका अनुसार उक्त कार्यक्रममा सबैभन्दा बढी बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र अर्थमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए । फोहोर व्यवस्थापनको सन्दर्भमा उनीहरुले महानगरवासीको आलोचना गर्दा मेयर बालेन्द्रलाई बिझाएको हो ।

उनले कसैलाई व्यक्तिगत रुपमा आरोपित भने गरेका छैनन् । काठमाडौंकी उपमेयर सुनिता डंगोल पनि मेयरसँगै अभिमुखीकरणमा सहभागी थिइन् । उनी पनि हिजै फर्किएकी छन् । कार्यक्रमका विषयमा उनले कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com