२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

स्वास्थ्य राज्यमन्त्री विमलाविरुद्ध मीनाले दिईन् जाहेरी तेरो पोई होइन मेरो हो भन्दै जुवारी

स्वास्थ्य राज्यमन्त्री विमलाविरुद्ध मीनाले दिईन् जाहेरी तेरो पोई होइन मेरो हो भन्दै जुवारी

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीबिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । विमलाले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएकी हुन् ।

ईप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्रीबिरुद्ध किटानी जाहेरी आएको पुष्टि गरे ।

‘राज्यमन्त्रीविरुद्ध किटानी जाहेरी हामीकहाँ आएको छ’, स्वाँरले नेपालप्रेससँग भने, ‘जिल्लाको आदेशअनुसार किटानी जाहेरी जिप्रका पठाउँदैछौँ ।’

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री विमलाविरुद्धको किटानी जाहेरी जिप्रकामा दर्ता हुने प्रतिक्रिया दिएका छन् ।
‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,’ एसपी काफ्ले भने–‘ईप्रकाबाट जाहेरी आइपुग्ने बित्तिकै हामी कानूनी प्रक्रिया अगाडी बढाउँछौँ ।’

स्वास्थ्य राज्यमन्त्री विमलाले आज बिहान प्रेमीको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपीट गरेकी थिइन । उनलालाई अहिले जिप्रकामा राखिएको छ ।

मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी हुन् । बिमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको उनले बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजि गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्दा भन्दा बिमलाले ‘तेरो श्रीमान होइन भनेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि हमला गरेको उनको भनाइ छ । त्यस क्रममा आफ्नो कपाल लुछेर लडाइ लात्ती र मुड्कीले हानेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । छ्ट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उनले बताएकी छन् ।

जाहेरी:

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com