२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

एमालेको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि संसद स्थगित

एमालेको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि संसद स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जर्नादन शर्मामाथि छानविन गर्नुपर्ने मागसहित विरोध गरेपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।

प्रतिपक्ष एमालेको अवरोध नहटेपछि सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमालेले बजेट बनाउँदा अर्थमन्त्री शर्माले बाहिरी मानिस घुसाएर राजश्वको दर हेरफेर गरेको आरोप लगाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका थिए । त्यसपछि एमाले सांसदहरू आआफ्नो ठाउँबाट उठेर संसद अवरोध गरेका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com