२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच लाख १० हजार बढी रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो ।

समितिले वैदेशिक रोजगारीमा पठाउँछु भनी सरकारले तोकेभन्दा बढी शुल्क उठाउने र विदेशसमेत नपठाउने सो म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्नसमेत निर्देशन दिएको छ । उक्त म्यानपावर कम्पनीमाथि भएको कारबाहीको विवरण पठाउन पनि समितिले विभागलाई निर्देश गरेको छ । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’लाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

छलफलमा सहभागी विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीमा परेका युवाको उजुरीमाथि तत्काल छानविन गरी उनीहरुको रकम फिर्ता गरिने बताए। सुरज रानालगायत १३ युवाले सो म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी चर्को रकम उठाएर विदेश नपठाएको र आफूहरुले बुझाएको रकम पनि फिर्ता नगरेको भन्दै कारबाहीका लागि समितिमा उजुरी दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com