२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

नेप्से परिसूचक २९ अंकले गिरावट

काठमाडौं । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधबार पनि उच्च अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ ।

बुधवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवारको तुलनामा नेप्से कारोबार रकम सामान्य अंकले बढेको छ । मंगलवार १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधवार नेप्से परिसूचक ओरालो लागेपनि दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता,बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, माउण्टेन हाइड्रो, शिखर इन्स्योरेन्स शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा १२ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com