२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

थापाथली इञ्जिनियरिङ कलेजका विद्यार्थी मृत फेला

थापाथली इञ्जिनियरिङ कलेजका विद्यार्थी मृत फेला

काठमाडौं। थापाथली इञ्जिनियरिङ कलेजका एक विद्यार्थी मृत फेला परेका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउण्डको तल उनको शव फेला परेको हो ।

आइतबार रातिदेखि हराइरहेका ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनको शव भेटिए लगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो । अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो ।

प्रारम्भिक जाँचबुझमा उनी आफैं छतमा चढेर फाल हानेको जस्तो देखिने एसपी मैनालीले जानकारी दिएका छन् । प्रहरीले घटनास्थलमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञ डा। गोपाल चौधरीलाई पनि लगेको थियो ।

उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । हालसम्म पोष्टमार्टमको प्रतिवेदन नआएपछि लडेका कारण भएको चोट बाहेक अन्य संकेत नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

स्रोतका अनुसार जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट निस्किएका थिए । सिभिल इञ्जिनियरिङको पढाइ शुरु गरेका उनले पछि आर्किटेक्चर पढ्न थालेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com