२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।

यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए ।

गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ ।

यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ ।

सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१३ प्रतिशत हो ।

पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।

कोरोना भाइरस निको भएको यो दर ९८.६५ प्रतिशत रहेको छ । कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ ।

यसैसँगै कोरोना शुरु भएबाट हालसमम भारतमा ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com